मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २१ शनिबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीको निर्णयविपरीत उम्मेदवारी घोषणा गर्नु गलत : नेता केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १५:३२:oo

नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति एवं संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले पार्टीले आधिकारिक उम्मेदवार नबनाउँदै फेसबुकमा उच्छृंखल तरिकाले उम्मेदवारी घोषणा गर्नुको कुनै अर्थ नभएको बताएका छन्। शनिबार बिहान काठमाडौंमा आयोजित नेपाल तरुण दल शिवपुरी गाउँपालिका वडा नम्बर १ को भेलालाई सम्बोधन गर्दै नेता केसीले यस्तो प्रवृत्ति देखेर आफूलाई लाज लागेको बताए ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केही दिनअघि आफ्नो निवास धापासीमा पत्रकारहरूसँग कुरा गर्दै नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए। महतको नाम नलिई नेता केसीले भने, 'दुई–चारवटा अनलाइनमा समाचार लेख्न लगाएर उम्मेदवार हुने भए म भोलि ५० वटाजति अनलाइनमा समाचार लेख्न लगाऔँ ? तर, म त्यो उच्छृंखल मान्छे होइन। फेसबुकमा उच्छृंखल पाराले उम्मेदवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो। पार्टीले निर्णय नगरेसम्म कोही उम्मेदवार हुँदैन ।'

नुवाकोटको दुईवटा क्षेत्रमध्ये कुनै एकबाट आफू संघमा चुनाव लड्न चाहेको बताँउदै केसीले अरूभन्दा आफू कुनै हिसाबले कमजोर नभएको दाबी गरे । संघको टिकटमा अरूलाई छाडेर प्रदेशमा चुनाव लड्न लागेको भनेर बजारमा गलत हल्ला चलाइएको भन्दै नेता केसीले प्रदेशमा चुनाव लड्ने विषयमा कुनै कुरा नभएको स्पष्ट पारे ।

पार्टी प्रवक्ता महतप्रति रोश प्रकट गर्दै नेता केसीले महत प–टकपटक चुनावमा पराजित भए पनि क्रेनले तानेर माथि लगिएको आरोप लगाए । उनले भने, 'म पनि कोहीभन्दा कमजोर उम्मेदवार होइन। मै हुँ भन्नेलाई अरू केही हाेइन भन्ने लागेको होला। कोहि मानिसलाई क्रेनले तानेर कहाँ पुग्ला आफ्नो ठाउँमा छ, म जनताबाट अनुमोदित भएर आएको नेता हुँ, जहिले पनि जनतामा पुगेको मानिस हो म, जनताको दुःख–सुखमा पुगेको मानिस हुँ, गाउँगाउँ टोल–टोल र व्यक्ति–व्यक्तिसम्म पुगेको छु ।'