१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मन्त्रिपरिषद् बैठक । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन घोषणाकै दिन सचिवहरूको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:४o:oo

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेकाे मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो । 
एकजना मन्त्रीले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्काे व्यवस्था नभएसम्म अर्थसचिवकाे समेत जिम्मेवारी  दिइएको ती मन्त्रीले जानकारी दिए ।
सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । 
बिहीबारै सचिवमा बढुवा गरिएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुखसचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । 

ad
ad