१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी एजेन्सी
२०७९ श्रावण १८ बुधबार १६:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनको आणविक ऊर्जा केन्द्र दुर्घटनाको चेतावनी

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
२०७९ श्रावण १८ बुधबार १६:४७:००

संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र पूर्ण रूपमा नियन्त्रणबाहिर रहेको बताउँदै दुर्घटनाको चेतावनी दिएका छन् । उनले आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन् । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसाेसिएटेड प्रेससँगको अन्तर्वार्तामा रुसी सेनाले गत मार्चको सुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिज्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताएका हुन् । 

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लंघन गरिएका भन्दै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए । केन्द्रनजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको उनको भनाइ छ ।

केन्द्रका उपकरण र पार्टपुर्जाको आपूर्ति अवरुद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहे–नरहेको यकिन गर्न निरीक्षणविज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताएका छन् । ‘चेर्नोबिल दुर्घटनाजस्तो नहोस् भनेर वेलैमा सचेत हुन अति जरुरी भएको छ,’ उनले एपीसँग भने ।