१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १८ बुधबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बारा–पर्सा उद्योग संघ गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार १o:५४:oo

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र युकेएड सीप परियोजनाले संयुक्त रूपमा औद्योगिक सम्मेलन आयोजना गरेका हुन् । 

औद्योगिक सम्मेलनमा परिसंघले वीरेन्द्र संघाईको नेतृत्वमा बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा ग¥यो । देशभरि संगठन विस्तार गर्ने क्रममा परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको हो । बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताए । उद्योगमैत्री वातावरणविना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । 

उद्योगहरूको स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको बताउँदै राउतले वीरगन्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरिसकेको जानकारी गराए । ‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशका रूपमा मधेस प्रदेश रहेको छ,’ उनले भने, ‘यहाँका युवाहरूलाई उचित तालिमको व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरूलाई आग्रह गर्छु ।’

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेस प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेस प्रदेशमा ल्याउन सक्ने बताए । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे । ‘उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने, ‘विशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोरका लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ ।’ उनले सिमराको विशेष आर्थिक क्षेत्र पिपिपी मोडलबाट सञ्चालनमा ल्याउन खोज्नु प्रशंसनीय रहेको बताए ।