प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट तथा कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।
मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। सो क्रममा उनले बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा जानकारीसमेत लिएका छन्।