१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १६ सोमबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महँगीविरुद्ध एमालेको जनप्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १६ सोमबार १५:२६:००

नेकपा (एमाले)ले जनसरोकारका विषयमा आज सोमबार काठमाडौंमा जनप्रदर्शन गरेको छ। महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै यसको विरोधमा एमालेले राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेको हो।

महँगीले जनता ठूलो मारमा परिरहेको र सरकारले यसको नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर विरोध जनाएका थिए। प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गरलगायतका नारा लगाएका थिए।

तस्बिरहरू :

तस्बिरहरु : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका