१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Sunday, 06 July, 2025
समाचार डिजिटल संस्करण

७० वर्षीय वृद्ध ‘हनिट्रयाप’मा, ब्लाकमेल गर्ने दम्पती पक्राउ

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १७:२९:oo

काठमाडौंमा एक ७० वर्षीय वृद्धलाई ‘हनिट्रयाप’मा पारी पैसा असुलेको आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन्। सोलुखुम्बुको नेचासल्यान नगरपालिका–३ घर भई बालकोट बस्दै आएका २४ वर्षीय शेखर बाँस्तोला र उनकी २० वर्षीया श्रीमती रोजिना राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

रोजिनाले फेसबुक मेसेन्जरमा एक वृद्धसँग अश्लील च्याट गरेकी थिइन्। त्यही क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले प्रहरीमा उजुरी गर्ने धम्की दिएर पैसा मागेकी थिइन्। प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनका श्रीमान् शेखरले वृद्धलाई फोन गरी आफू ब्युरोको इन्स्पेक्टर भएको र सो केस नमिलाए पक्राउ पर्ने भन्दै धम्क्याएका थिए।

ती वृद्धले सुरुमा एक लाख ६५ हजार दिएका थिए। पछि थप तीन लाख मागिएको थियो। त्यसपछि शंका लागी उनले प्रहरीलाई खबर गरेपछि तीन लाख आउने क्रममा दम्पती पक्राउ परेका हुन्।