१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मेयर बालेनविरुद्ध बानेश्वरमा नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१८:oo

काठमाडौंका सडक–पेटीछेउ बसेर व्यापार गर्दै आएका साना व्यवसायी हटाउने अभियानमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । 
बुधबार साँझ महानगरका प्रहरीले सडक छेउबाट व्यवसायी हटाउन थालेपछि बालेनविरुद्ध नाराबाजी भएको हो । साना व्यवसायीहरूले केहीबेर प्रदर्शनसमेत गरेका छन् । अर्को व्यवस्था नगरी आफूहरूको प्रत्यक्ष दैनिक जीविका बन्द गराउन खोजेको भन्दै बालेनविरुद्ध साना व्यवसायीले आक्रोश पोखे । 
महानगर प्रमुख शाहले केही दिनअघि नयाँ बानेश्वर चोकमा आफैँ उपस्थित भएर साना व्यवसायीहरूलाई सटरमा राखी व्यापार गर्न आग्रह गरेका थिए । शाह पछिल्लो समय राजधानीका सडक पेटीबाट हुने व्यापार बन्द गराई सडक खुला गराउने अभियानमा छन् । तर, उपयुक्त विकल्पअघि नसारी महानगरीय आर्थिक अवस्था कमजोर रहेकाहरूको जीविका खोस्न नहुने भन्दै आलोचना भएको छ । 

ad
ad