संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ। मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन्।