१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे
२o७९ श्रावण १० मंगलबार १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १५:२६:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामाजिक कार्यमा लाग्ने बताएका छन्। व्यास नगरपालिका– १४ कुलुङमा मंगलबार कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे।

‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ नेता पौडेलले भने। व्यास नगरपालिका– १२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए। कुलुङ, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलको जोड छ।

पर्यटन प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए। विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे। रासस