मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Saturday, 12 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १० मंगलबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद विशंखेको प्रश्न– सरकारले प्रधानसेनापतिलाई आइपिएसको सम्मेलनमा कुन हैसियतले पठायो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १३:३७:oo

माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रधानसेनापति आइपिएसको सम्मेलनमा सहभागी भएको भन्दै आपत्ति जनाएकी छिन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन्।

संसदबाट एमसिसीसँगै पारित गरिएको १२बुँदे घोषणामा नेपाल आइपिएसमा संलग्न नरहेको उल्लेख गरिएको स्मरण गराउँदै उनले सो धारणा राखेकी हुन्।  

‘आइपिएसको अन्तर्राष्ट्रिय सम्मेलन अस्ट्रेलियाको मेलवर्नमा सुरु भइरहेको छ। नेपाल आइपिएसको अंग होइन भनेर संसदबाट एमसिसी पारित गराउँदा यससँगै १२बुँदे घोषणासमेत संसदबाट पारित गराइएको थियो। जसमा एमसिसी आइपिएसको अंग हुनेछैन भनेर उल्लेख गरिएको थियो। तर, यो निर्णयलाई लत्याएर सरकारले प्रधानसेनापतिलाई आइपिएसको सम्मेलनमा कुन हैसियतले सहभागी गराउन पठायो ?’ सांसद विशंखेले प्रश्न गरेकी छन्।

सरकार असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तविपरीत एक कदम पनि अघि बढ्न नमिल्ने भन्दै उनले यसलाई बेवास्ता गरिए राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुने चेतावनी दिइन्। ‘नेपाल असंलग्न परराष्ट्र नीति तथा पञ्चशील सिद्धान्तमा निरन्तर अगाडि बढिरहेको देश हो,’ उनले भनिन्, ‘यो नीतिविपरीत सरकार एक कदम पनि अगााडि बढ्न मिल्दैन। यदि यो नीतिलाई बेवास्ता गर्न थालियो भने नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुनेछ।’