१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राप्रपा नेपालले शुक्रबार माइतीघर मण्डलमा गरेको विरोध प्रदर्शन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग्दै राप्रपा नेपाल सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १४:४८:००

राप्रपा नेपाल सडकमा उत्रिएको छ । प्रदेश र धर्मनिरपेक्षता खारेजी, हिन्दूराष्ट्रको पहिचानलगायतका माग राखी राप्रपा नेपालका विभिन्न जनवर्गाीय संगठनले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरे ।

प्रदर्शनको अगुवाइ पार्टी अध्यक्ष कमल थापाले गरेका थिए । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने उनीहरूको माग छ । यस्तै, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै उनीहरूले माइतीघर मण्डलाबाट जुलुस निकाले । 

प्रदर्शनमा राप्रपा नेपालसमर्थित युवा, विद्यार्थी, महिला, मजदुर, पूर्वप्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतको सहभागिता रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । पुनर्जागृत राप्रपा नेपाल संगठन निर्माणसँगै सडकसंघर्षमा पनि केन्द्रित रहेको उनले बताए । महामन्त्ती बर्तौलाले आगामी दिन आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए ।