१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण ६ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोरखामा सवारी दुर्घटना बढ्दै, तीन वर्षमा ३१ जनाको मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार o९:१५:oo

गोरखामा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ । जिल्लामा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक कार्यालय गोरखाको तथ्यांकमा उल्लेख छ । 

आर्थिक वर्ष ०७८/७९ मा १९ वटा सवारी दुर्घटना भएको जनाइएको छ । जसमध्ये दुईवटा ट्रक, एउटा बस, सातवटा जिप/कार, एक ट्याक्टर र १४ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गोरखाका ट्राफिक प्रमुख सइ वेदनाथ भण्डारीले जानकारी दिए । उक्त सवारी दुर्घटनामा परेर पाँचजना सामान्य घाइते, २२ जना गम्भीर घाइते र १३ जनाको मृत्यु भएको छ ।

जिल्लामा पछिल्लो समय निजी सवारीसाधनको संख्या वृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको व्यापक विस्तार हुनु र आमसर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी चेतना भएर पनि हेलचेक्य्राइँ गर्दा सवारी दुर्घटना बढेको भण्डारीले बताए । 

मानवीय कारण

मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरबाहीका कारण पनि बढी दुर्घटना हुने गरेको छ । मौसमको खराबीका कारण र तीव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दासमेत दुर्घटना बढेको औँल्याइएको छ। 

आर्थिक वर्ष ०७६/७७ मा एउटा ट्रक, दुईवटा टिपर, ६ वटा ट्याक्टर, ६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्  । जसमा २३ जना साधारण घाइते, २४ जना गम्भीर घाइते र सातजनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

त्यस्तै, ०७७/७८ मा एउटा टिपर, पाँचवटा बस, चारवटा जिप/कार, पाँचवटा ट्याक्टर र चारवटा मोटरसाइकल  दुर्घटनामा परेको ट्राफिक कार्यालयले जनाएको छ  । यो वर्ष १७ वटा सवारी दुर्घटना भएकोमा ४१ जना सामान्य घाइते भएका थिए भने १६ जना गम्भीर घाइते र ११  जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।