
प्रतियोगितामा २२ विद्यालयका ४० विद्यार्थीकाे सहभागीता रहेकाे थियाे
२०९औँ भानुजयन्तीको अवसरमा कान्ति भैरव विद्यालयका पूर्वविद्यार्थीहरूको समूह मित्रताको जहाजले आयोजना गरेको भानुभक्तीय रचनावाचन प्रतियोगितामा मोक्षदा स्कुलकी सोनिमा श्रेष्ठ प्रथम भएकी छिन् ।
यस्तै ब्राइट फ्युचरका आशिष अधिकारी, रिम्स स्कुलकी सृष्टि चापागाईं क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रोत्साहनस्वरूप सरस्वती माविकी दीपिका दाहाल, गोकर्ण माविकी कुसुम कुँवर र कान्ति भैरव गुरुकुल विद्यालयका केदार पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
विजयीहरूले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार पाएका थिए । प्रोत्साहनस्वरूप एक हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजकको भनाइ छ । २२ विद्यालयका ४० विद्यार्थी सहभागी प्रतियोगितामा युवाकवि बलराम दहाल, कवयित्री प्रभा भट्टराई र बाजुराम पौडेलले निर्णायकको भूमिका निभाएका थिए ।