१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मदिरा सेवन र बिक्री गर्नेलाई ढुंगा बोकाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१८:oo

डोटीका स्थानीय तहले मदिरा सेवन तथा बिक्री–वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन्। केआइसिंह गाउँपालिका– ७ सलेनाले मदिरा बिक्री–वितरण तथा सेवन गर्नेलाई ढुंगा बोकाउने निर्णय गरेको छ।

उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गरे एक महिना ढुंगा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए। वडामा मदिरा बिक्री–वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो।

यसैगरी, उक्त वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ।

यता, जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई रु. ४० हजार जरिवाना तथा बिक्री–वितरण गर्नेलाई रु. ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए।

यसैगरी, मदिरा सेवन गर्नेलाई पहिलोपटक रु. दुई हजार पाँच सय र दोस्रोपटक सेवन गर्नेलाई रु. पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ। सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए।

नौवटा स्थानीय तह रहेको डोटीका अन्य पालिकामा मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री–वितरण भइरहेकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए। रासस

ad
ad