१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ५ बिहीबार ११:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार ११:३१:oo

अपरिष्कृत वित्तीय विवरण प्रकाशित, खुद नाफा ४.५३ अर्ब

एनआइसी एशिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको यो बैंक अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजतजयन्ती मनाएको छ ।

यस दौरानमा बैंकप्रति अनवरत रूपमा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न योगदान दिने ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालालाई बैंकले नमन गरेको छ । 

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारका छौँ त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौँ ।’

बैंकले यस २५ वर्षको यात्रामा आफ्नो सेयरधनीहरूको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/५७ मा १ कित्ताबराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको छ । जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ रूपैयाँबराबर हुन्छ । 

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल  १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष ०७८/७९ मा मात्रै तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएकाे छ । 

अपरिष्कृत वित्तीय विवरण प्रकाशित, खुद नाफा  ४.५३ अर्ब

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंक लिमिटेडले गत आ.व. ०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. ०७८/७९ मा खुद मुनाफातर्फ  ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रतिसेयर आम्दानी (इपिएस) तर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ ।  जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसैगरी, बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत पुर्‍याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आ.व. ०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ४० लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू  विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा याे बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालय, चार सय ७३ एटिएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोवास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।
 

ad
ad
ad
ad