
काठमाडौं नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित गरगहना चोरीमा संलग्न तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराका १८ वर्षीय सबिना पराजुली, गुल्मीको मुसीकोट नगरपालिका–२ का २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी नपा–१६ का २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले गत २३ असारमा मन्दिरको ताल्चा फोडी मूर्तिमा जडित गहना चोरी गरी फरार रहेका थिए । उनीहरूले करिब १२ लाख रुपैयाँ मूल्यबराबरको सुन र चाँदीका गहना चोरी गरेका थिए । प्रहरीले चोरी भएका सबै सामग्री बरामद गरेको जनाएको छ ।