माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अपराह्न दिल्ली पुगेका छन् । उनलाई नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुराग श्रीवास्तवलगायतले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
अध्यक्ष प्रचण्ड हाल ताज होटेलमा बसेका छन् । उनीसँग गंगा दाहाल र उनका स्वकीय सचिव रमेश मल्ल साथमा छन् । यसअघि भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण सदभावना भ्रमण भएको बताएका थिए ।