मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७९ असार ३१ शुक्रबार १o:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दाइजो प्रथाविरुद्ध परिवर्तनको चित्रण ‘युगारम्भ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार १o:२३:oo

दाइजो नपाउँदा होस् वा कम भएका कारण मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै हट्न सकेको छैन । त्यतिमात्रै होइन, मानसिक र शारीरिक पीडा खप्दै वर्षाैंसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् ।

विजय खरेलको हालै सार्वजनिक उपन्यास ‘युगारम्भ’मा दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण गरिएको छ । विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ,अभिभावकको दबाबमा होइन । आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ । मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । 

खरेल कविता, काव्य, कथा, निबन्ध, एकांकीजस्ता विभिन्न विधामा कलम चलाउँछन् । उनले ०६४ सालदेखि लेखन सुरु गरेका हुन् । उनका १० भन्दा बढी कृति प्रकाशित छन् । यो उपन्यासको प्रकाशन वी रिडले गरेको हो ।