१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३० बिहीबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिसिटिभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको छ : जगन्नाथ खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार १४:३५:oo

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरणअन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए। विज्ञानलाई छलेर सुशासन र पारदर्शिता सम्भव  नरहेको भन्दै उनले विज्ञानलाई स्वीकार्न सके मात्रै लक्ष्यमा पुगिने बताए।

‘सुशासन र पारदर्शिता प्रत्याभुति गर्ने गरी विज्ञान प्रविधिको प्रयोग गरौँ। सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण। जिन्दगीमा धेरै फुटेज हमीले हराउँदै हराउँदै गएका छौँ। र आफूलाई कमजोर पारेका छौँ। सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन,’ उनले भने।