मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २९ बुधबार
  • Thursday, 13 August, 2026
२o७९ असार २९ बुधबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्याका दुई मुद्दामा आरोपितलाई जन्मकैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार १८:५२:oo

जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत गुल्मीका अनुसार बुहारीलाई डामेर हत्या गर्ने श्रेष्ठ दम्पतीलाई जन्मकैद भएको हो। 

मालिका गाउँपालिका ६ का रामप्रसाद श्रेष्ठ र श्रीमती शान्तिला श्रेष्ठलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्मकैद अर्थात् २५ वर्षको कैद सजाए सुनाएका हुन्। श्रेष्ठ दम्पतीले ०७७ साल पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सन्चाे गराउने बहानामा विभिन्न धातुहरूलाई आगोमा तताएर डामेपछि इस्मा गाउँपालिका ३ का ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको थियो। 

घटनामा रामबहादुरका छोरा ३४ बर्षीय हुमबहादुर मुखिया, २७ वर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० वर्षीया टोपला दमाईं घाइते भएकी थिइन्। 

त्यस्तै, जिल्ला अदालत गुल्मीले रेसुंगा नगरपालिका ३ भाडगाउँकी २१ वर्षीया सम्झना बोहोरालाई हत्या गरेर बोरामा फाल्ने ४७ वर्षीय लालबहादुर खत्रीलाई पनि जन्मकैदको फैसला गरेको छ। न्यायाधीश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग माग दाबीबमोजिम जन्दकैद फैसला गरेको अदालतका सूचना अधिकारी तथा स्रेस्तेदार भीमप्रसाल भुसालले जानकारी दिए। 
सम्झना २९ माघ ०७७ देखि परिवारको सम्पर्कमा थिइनन्। उनी हराएको दुई दिनपछि सासू टोमकला खत्रीले आत्महत्या गरिन्। परिवारले बेपत्ता बुहारीको खोजी र माइतीले मानसिक तनाव दिएर सासूले आत्महत्या गरेको भन्दै प्रहरीमा दुरुत्साहनको मुद्दा दर्ता गरे। 

प्रहरी प्रशासन घेराउ र नाराबाजी भए। प्रहरी प्रमुखको सरुवा भयो। अनौठो कुरा त आन्दोलनको नेतृत्व अभियुक्त खत्रीले गरेका थिए। अन्ततः बेपत्ता भएको १९ दिनपछि बोहोराको शव घरनजिकको झाडीमा फेला पर्‍यो। खत्रीका शंकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना काण्ड, कल डिटेल्स र स्थानीयको सूचनाका आधारमा प्रहरीले खत्रीलाई शव फेला पर्नेबित्तिकै पक्राउ गरेर सार्वजनिक गरेको थियो।