मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष (दायाँ) र प्रधानमन्त्री रनिल विक्रमासिंघे (बायाँ)
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २८ मंगलबार ०७:४८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैको अवस्था अज्ञात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २८ मंगलबार ०७:४८:००

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षसँगै प्रधानमन्त्री रनिल विक्रमासिंघे पनि कहाँ छन् भनेर सोमबार अबेरसम्म सार्वजनिक भएको छैन । सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री विक्रमासिंघेको वर्तमान अवस्थिति गोप्य राखिएको अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन् । 

विपक्षी दल तथा कैयौँ ट्रेड युनियनले शनिबार विशाल प्रदर्शन आयोजना गर्ने घोषणामाझ शुक्रबार नै राष्ट्रपतिका सुरक्षागार्डहरूले राजापाक्षेलाई सुरक्षित स्थानमा पुर्‍याउने व्यवस्था मिलाएको अनुमान गरिएको छ । राष्ट्रपति राजापाक्षेले सरकारी निवासबाट निस्किन भूमिगत बंकर प्रयोग गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यहाँबाट श्रीलंकाको नौसेनाको जहाजले उनलाई कोलम्बो बन्दरगाह हुँदै सुरक्षित जलक्षेत्रमा पुर्‍याएको हुन सक्ने आकलन गरिएको छ । मुलुकको परिस्थिति खराब हुँदै गए उनले विदेश पलायनको योजना गरेको राष्ट्रपतिनजिकका स्रोतलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । श्रीलंकाका स्थानीय मिडियाको समाचारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले पनि सोमबार राष्ट्रपति दुबई जाने तयारीमा रहेको लेखेको छ ।

यसका लागि उनी सोमबार कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको सैन्य अखडा पुगेको स्थानीय समाचार संस्थाहरूले स्रोत उल्लेख गर्दै लेखेका छन् । यसैबीच, राष्ट्रपति कार्यालयले गोटाबाया राजापाक्षे अझै पनि पदमा रहेको र उनका कुरा सभामुखमार्फत सार्वजनिक हुने बताएको छ । सभामुखका घोषणालाई राष्ट्रपतिको आधिकारिक अभिव्यक्ति मान्न कार्यालयले आग्रह गरेको छ ।