१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ असार २६ आइतबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बेँसीसहरको ७७ करोड ५३ लाखबराबरकाे बजेट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार १२:४७:oo

लमजुङको बेँसीसहर नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ७७ करोड ५३ लाख तीन हजारबराबरको बजेट पारित गरेको छ। आगामी आवका लागि नगर सभाबाट पारित बजेटमा चालूतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख तीन हजार रहेको छ।

नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५० हजार, सामाजिक विकासतर्फ ३३ करोड ९३ लाख ८७ हजार, भौतिक पूर्वाधारतर्फ २० करोड १० लाख ८२ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ दुई करोड ४६ लाख ५० हजार र संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड पाँच लाख ३४ हजार छुट्याइएको छ।

नगर सभाले सामाजिक विकासतर्फ सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। नगरपालिकाले शिक्षातर्फ कुल ३०.३० अर्थात् २३ करोड ४९ लाख सडकमा २०.४७ प्रतिशत (१५ करोड ८६ लाख ७१ हजार) र स्वास्थ्यमा ७.८५ प्रतिशत (६ करोड आठ लाख ४५ हजार) विनियोजन गरेको छ।

ad
ad
ad
ad