१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
२o८१ असार १२ बुधबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

काभ्रेका स्थानीय तहले ल्याए साढे १० अर्बको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:३८:oo

सबैभन्दा बढी बजेट ल्याउनेमा पनौती नगरपालिका र सबैभन्दा कम खानीखोला गाउँपालिका

काभ्रे जिल्लाका स्थानीय तहले साढे १० अर्बभन्दा बढी बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि १३ स्थानीय तहले १० अर्ब ५१ करोड ९५ लाख २० हजारभन्दा बढी बजेट ल्याएका हुन् । 

१३ स्थानीय तहमध्ये पनौती नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ भने खानीखोला गाउँपालिकाले सबैभन्दा कम बजेट ल्याएको छ । पनौतीले आव ०८१/०८२ का लागि एक अर्ब ६० करोडको बजेट ल्याएको छ भने खानीखोला गाउँपालिकाले ४९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, नगरपालिकातर्फ बनेपा नगरपालिकाले एक अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँ, धुलिखेल नगरपालिकाले एक अर्ब पाँच करोड ९५ लाख २५ हजार रुपैयाँ, मन्डनदेउपुर नगरपालिकाले ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँ, पाँचखाल नगरपालिकाले ७९ करोड २४ लाख ५० हजार रुपैयाँ र नमोबुद्ध नगरपालिकाले ७७ करोड १० लाख ४६ हजार ४४३ रुपैयाँको बजेट विनियोजन गरेका छन् । 

त्यस्तै, गाउँपालिकातर्फ भुम्लु गाउँपालिकाले ६९ करोड ७३ लाख ३९ हजार रुपैयाँ, रोशी गाउँपालिकाले ६९ करोड २० लाख ९८ हजार रुपैयाँ, बेथानचोक गाउँपालिकाले ६४ करोड १२ लाख रुपैयाँ, चौंरीदेउराली गाउँपालिकाले ६१ करोड १७ लाख ४७ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख २८ हजार रुपैयाँ र तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८०० रुपैयाँ बजेट विनियोजन गरेका हुन् । 

ad
ad
ad
ad