मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Friday, 20 December, 2024
२o७९ असार २५ शनिबार १o:o८:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

मानवीय क्रुरताले नांगिएको वन र बस्ती (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार १o:o८:oo

प्रकृतिमाथि जति आक्रमण गर्‍याे त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जतिप्रकृतिको दोहन गर्छौं, सजायस्वरूप प्राकृतिक विपत्का घटना बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरूप पनि बदलिन्छ ।

प्राकृतिक स्राेतमाथिका दोहनले प्रकृति त कुरूप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीको पनि अस्तित्व सकिन्छ । किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन । मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन्, तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नंग्याइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् ।

चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौँ गाउँका वन, जंगल पनि उजाड छन् । प्राकृतिक स्राेतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपत्काे सामना गरिरहेको छ । समग्रमा भन्दा प्राकृतिक स्राेतहरू मासिँदै छन् । काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडार वनजंगलहरूको समेत दोहन भइरहेको छ ।

ललितपुरको टीकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमुनाका रूपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझै विरक्त देखिन्छन् । बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौंअघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो ।

निजी जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगाखानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तर, पनि स्थानीय सरकार भने मौन छ ।

सरकारको मौनताले नै बुझ्न सकिन्छ कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला ? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

त्यसैले प्रकृति केवल मानव जातिका लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ । 

तस्बिर : न्युज एजेन्सी