मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोडसेडिङ हुँदा खुसी हुनेले लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १७:५१:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गरेका छन्।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै घिसिङले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैलाइरहेको बताए। अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक समस्याले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको उनले प्रस्ट्याए।

माथिल्लो तामाकोशी र कालीगण्डकी बन्नेबित्तिकै वितरणमा आएको सो समस्या समाधान हुने घिसिङको दाबी छ। व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको जिकिर गर्दै उनले त्यो समयमा नागरिकलाई सहज बनाएको बताए।

‘नेपालयको पूर्वाधार क्षेत्रमा ठुला–ठुला विकासका परियोजनाको काम भइरहेको छ। बत्ती र बाटोको विकास भएको छ। जुन हाम्रो ठुलो पूर्वाधारको विकासको आधार हो,’ उनले भने, ‘नेपालको विद्युत् क्षेत्रको ठुलो विकास हुनेवाला छ। यसका लागि ठुलो लगानी आवश्यक छ। हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लगानी चाहिन्छ।’

प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको कार्यकारी निर्देशक घिसिङको दाबी छ। उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनुको विकल्प नभएकोसमेत प्रस्ट पारेका छन्। दुई–चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने उनको भनाइ छ।

२४सै घण्टा विद्युत् दिँदा पनि आठ घण्टाभन्दा बढी उद्योग चल्ने अवस्था नभएको घिसिङको जिकिर छ।