मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १७:४१:oo

सरकारले बुढानीलकण्ठ नगरपालिका– ४ मा रहेको धनेश्वर खेलमैदानका लागि त्यस क्षेत्रमा पर्ने जग्गा मुआब्जा दिएर खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएकाे छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले बुढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

‘निरन्तरको प्रयासपछि आजको मन्त्रिपरिषद् बैठकले बुढानीलकण्ठ– ४ मा रहेको ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रमा पर्ने जग्गा मुआब्जा दिएर खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको छ,’ पौडेलले लेखेका छन्, ‘०७० सालदेखि नै प्रयत्न भइरहे पनि स्तरीय खेलमैदान निर्माण गर्ने स्थानीय युवा तथा खेलप्रेमीको अधुरो सपना चुनावी घोषणापत्रमा समेटेर पूरा गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ।’

मन्त्रिपरिषद्ले सोही वडाको श्रीराम निम्नमाध्यमिक विद्यालयलाई आवश्यक नाै आना जग्गासमेत मुआब्जा दिएर खरिद गर्न स्वीकृति दिएको पौडेलले जनाएका छन्।