मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गा प्रसाईंलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १७:२७:oo

 आपराधिक लाभ मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले शुक्रबार यस्तो आदेश दिएको हो । 

सर्वाेच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार धरौटी वा तारेखमा राखेर अनुसन्धान गर्न आदेश भएको छ । 

भारतीय आपराधिक समूहको नाममा फोन गरेर व्यवसायीलाई धम्क्याएर पैसा असुल्न खोजेको घटनामा प्रसाईंलाई सिआइबीले थुनामा राखी अनुसन्धान गरिरहेको छ । सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासबाट बन्दी प्रत्यक्षीकरणको रिट जारी हुने आदेश भएको हो।

यसअघि साइबर अपराध मुद्दामा जिल्ला अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियाे।