१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २४ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन देशका राजदूत नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २४ शुक्रबार १६:४३:००

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका राजदूत नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शुक्रबार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेकी हुन्।