१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Sunday, 22 September, 2024
२o७९ असार २४ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोहा विश्वकप : समर्थकले के गर्न हुन्छ के गर्नुहुँदैन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार o९:१५:oo

पहिलोपटक मध्यपूर्वी एसियामा फिफा विश्वकप फुटबल प्रतियोगिता हुँदै छ । खाडी राष्ट्र कतारले २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म फुटबलको महाकुम्भ मेला आयोजना गर्दै छ ।
विश्वकप इतिहासमा पहिलोपटक यो प्रतियोगिता गर्मीयाममा नभएर जाडोयाममा हुन लागेको हो । ग्रीष्म मौसममा कतारमा अत्यधिक गर्मी हुने भएकाले जाडो समयमा विश्वकप गर्न लागेको हो ।

आयोजकले प्रतियोगिता हुने सबै रंगशालामा अत्याधुनिक एसी (वातावरणकुलीन) जडान गरेको छ । जसबाट खेलाडी तथा दर्शकले गर्मी महसुस गर्नेछैनन् । जति नजिक विश्वकप आइरहेको छ, आयोजकले समर्थक तथा अन्य व्यक्तिलाई विश्वकप दौरानमा अपनाउनुपर्ने नियम पनि सार्वजनिक गरेको छ । 

सहभागी सबैले भ्याक्सिन लगाएकै हुनुपर्ने
कतारले विश्वकप खेल हेर्ने समर्थक, खेलाडी तथा पदाधिकारीलाई अनिवार्य रूपमा कोरोना भाइरसविरुद्धका दुवै भ्याक्सिन लगाएको हुनुपर्ने जनाएको छ । भ्याक्सिनको डोज पूरा नगरेकाले रंगशालामा प्रवेश पाउँदैनन् । साथै, सबै समर्थकले रंगशाला प्रवेश गर्नुअघि नै ‘ट्र्याक एन्ड ट्रेस’ एप डाउनलोड गर्नुपर्नेछ । समर्थकहरूको हकमा ४८ घन्टाअघि कोरोना नेगेटिभको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो सबै नियम पूरा गरेपछि मात्र फुटबल हेर्न पाइनेछ ।

२१ वर्षमुनिकालाई अल्कोहल बन्देज
खाडी मुलुकमध्ये कतारमा अल्कोहल खासै प्रतिबन्ध छैन । लाइसेन्स भएकाहरूले सहजै अल्कोहल पिउन सक्छन् । लाइसेन्स प्राप्त व्यक्तिले रेस्टुराँ तथा डिपार्टमेन्ट स्टोरमा अल्कोहल किन्न सक्छन् । तर, विश्वकप दौरान २१ वर्ष नाघेकाहरूले मात्रै अल्कोहल पिउन सक्छन् ।

२१ वर्षमुनिका समर्थकले अल्कोहल सेवन गरे कडा कारबाहीको सामना गर्नुपर्नेछ । कानुनविपरीत अल्कोहल प्रयोग गरे त्यस्ता युवाले ९० हजार रुपैयाँ तिर्नुपर्नेछ, साथै ६ महिना जेल सजाय हुनेछ । 

प्रतिबन्ध छैन कतारी खानामा 
विश्वकप आयोजक राष्ट्र कतारको मुख्य विशेषता भनेको यहाँको स्थानीय खाना हो । कतारी सरकारले विश्वकपमा आउने सबै पाहुनालाई कतारी खाना जहाँ खाए पनि स्वतन्त्र भएको जनाएको छ । यसमा कुनै प्रतिबन्ध लगाएको छैन । साथै, दोहाका विभिन्न होटेल, रेस्टुरेन्ट तथा लक्जरी रिसोर्टमा उनीहरू जान सक्छन् । 

महिलाको हकमा ड्रेस–कोड
आयोजक कतारले विश्वकप अवधिभरि स्थानीय पुरुष तथा महिलालाई डे«ेसकोड लगाएको छ । विदेशीहरूको हकमा भने पहिरनमाथि कुनै प्रतिबन्ध लगाएको छैन । महिलाहरूले घुँडासम्म ढाक्ने गरी लुगा लगाउनुपर्नेछ । सार्वजनिक स्थलमा जाँदा लामो स्कर्ट तथा ट्राउजर लगाउनुपर्नेछ । पुरुषहरूले पनि सार्वजनिक स्थलमा घुमफिर गर्दा छोटा लुगा लगाउन पाउने छैनन् । 

गैरइस्लामिक किताब लैजान पाईदैन 
कतार इस्लामिक देश हो । सरकारले स्वदेशी तथा विदेशीलाई इस्लामिक धर्मअनुसार नियम पालना गर्नुपर्ने जनाएको छ । विदेशी र स्वदेशीलाई विश्वकपभरि पोर्नग्राफी, गैरइस्लामिक किताब, रक्सी, लागुऔषधको सेवन गर्न नपाउने नियम बनाएको छ ।