मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ पौष ६ शनिबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार

शैक्षिक सुधारका लागि माैवाखोलामा अभिभावक जागरण अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १८:३८:oo

माैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक जागरण अभियान सुरु गरेको छ। पालिकामा शिक्षाको गुणस्तर खस्किएको अवस्थालाई मध्यनजर गर्दै सरोकारवाला सबै भेला गरेर शिक्षा जागरण अभियान चलाइने गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले बताए। उनले विशेष गरेर अभिभावकलाई प्रशिक्षित गरी बालबालिकालाई विद्यालय जाने वातावरण बनाउने बताए। 

अभियान पालिकाका ६ वटा वडामा पुर्‍याउने लक्ष्य छ। अभिभावकसहित शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक अगुवा, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समितिलगायत सबैलाई क्रियाशील बनाएर शैक्षिक सुधार ल्याउने पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले बताए। 

पालिकाका सबै २९ सामुदायिक विद्यालयका अभिभावकलाई भेला बनाएर जागरण अभियानलाई सफल बनाउनेसमेत अध्यक्ष बनेमले बताए। जागरण अभियानको लागि राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे सहभागिता रहेकोसमेत अध्यक्ष बनेमले बताए।