मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ६ शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस नेता महरलाई नेपाल जेसिजको मानार्थ सदस्यता प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १७:५५:oo

कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१औं महाधिवेशनमा उक्त सम्मान प्रदान गरिएको हो।

राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान पुर्‍याउने हालसम्म ६ जनालाई जेसीजले मानार्थ सदस्यता प्रदान गरेकोमा सातौं व्यक्तिका रूपमा महरले उक्त सम्मान पाएका हुन्।

जेसीज गैरनाफामुखी र गैरसरकारी अन्तर्राष्ट्रिय संस्था हो। विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ। नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दै आएको छ।

महरले यही उद्देश्य अनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको  जनाएको छ। महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन्।