मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष ६ शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार

अमेरिकाको पिआर छ भन्दै झुक्याएर दोस्रो विवाह गर्ने माली प्रक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १८:१२:oo

आफू अमेरिकाको स्थायी बासिन्दा (पिआर) भएको बताउँदै झुक्याएर दोस्रो विवाह गर्ने डडेल्धुराका एक युवक प्रहरीको फन्दामा परेका छन्। सामाजिक सञ्जालमार्फत कञ्चनपुरकी युवतीसँग प्रेम गरेका भागेश्वर गाउँपालिका–४, डडेल्धुराका ३२ वर्षीय विष्णुप्रसाद मालीलाई झुक्याएर विवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। मालीले बेदकोट नगरकी ३० वर्षीया युवतीसँग फेसबुकमार्फत प्रेमपछि दोस्रो विवाह गरेका थिए। 

आफू अमेरिकाको पिआरवाला इन्जिनियर भएको भन्दै उनले नक्कली बाबुसमेत खडा गरेका थिए। उनले महेन्द्रनगरको होटेल चेतनमा तामझामका साथ विवाह गरेका थिए। विवाहको दोस्रो दिनमै उनले झुक्याएर विवाह गरेको खुलेको थियाे। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले २३ मंसिरमा विवाह गरेका मालीलाई २५ मंसिरमा डडेल्धुरा जानेक्रममा बुडरबाट पक्राउ गरेको बताए। ‘मालीले झुक्याएर विवाह गरेको माइती पक्षले थाहा पाएर उनीहरू आफैँले बुडरबाट नियन्त्रणमा लिइ हामीलाई बुझाएका हुन्,’ प्रवक्ता जोशीले भने, ‘मालीविरुद्ध बहुविवाहअन्तर्गत मुद्दा दायर गरिएको छ।’ 

मालीले आफ्नो विवाहका लागि नक्कली बाबु खडा गरेका व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको प्रवक्ता जोशीले बताए। सहचालक रहेका मालीले आफू इन्जिनियर भई अमेरिकाको पिआरसमेत लिइसकेको बताएका थिए। बिदामा नेपाल आएकाले विवाह गरेलगत्तै उतै अमेरिका लैजाने भन्दै हतारहतारमा विवाह गरेका थिए। 

माली डडेल्धुराका हुन्। माइती पक्षले छोरीको विवाह नक्कली भएको थाहा पाएपछि कानुनी प्रक्रियामा गएका हुन्। मालीविरुद्ध बहुविवाहअन्तर्गत मुद्दा दायर गरिएको छ।