नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो १२५ सदस्यीय रहने भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरोको प्रस्ताव गरेका हुन्।
प्रस्तावित पोलिटब्युरो सदस्यहरूको नाम वाचन गर्ने क्रममा केही नाम दोहोरिएको र केही छुटेको आवाज उठेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ। सदस्यहरूको नाममा असहमति रहे पनि सदस्य संख्यामा भने सबैले सहमति जनाएका छन्।
अहिले सदस्यहरूको विषयमा छलफल जारी रहेको सो पार्टीका नेता हरिबोल गजुरेलले नयाँ पत्रिकालाई जानकारी दिए। ‘विरोध भएको होइन। हामी छलफलमा छौँ,’ उनले भने।