साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो ।
काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटनपश्चात् सञ्चालनमा ल्याइने भएको छ । बसको परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरिएको छ ।
तीनवटा बसमध्ये दुईवटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुटमा चल्नेछ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा चल्ने जनाइएको छ । यी बसमा चालक र सहचालक भने महिला रहने बताइएको छ ।