१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:५५:oo

नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा भएको नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सकिएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक सम्मेलनमा नेपाल र चीनका साहित्यकारहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्ग (सिल्क रोड) को अवधारणा सांकेतिक भए पनि यसले आर्थिक, सामाजिक एवं राजनीतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । चिनियाँ लेखक संघ र नेपाल प्रज्ञा प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था भएको भन्दै उनले यी दुई संस्थाबीच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवं अनुवाद भइरहेकोमा खुसी व्यक्त गरे ।

सन् २०१७ मा चीनमा सम्पन्न प्रथम चीन–दक्षिण एसिया साहित्य सम्मेलनको दोस्रो संस्करण नेपाल प्रज्ञा–प्रतिष्ठानले सन् २०१९ मा गर्न पाएको उनले स्मरण गरे । चिनियाँ लेखक संघका अध्यक्ष थाई निङले नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक संघबीचको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए । कोरोना महामारीका कारण केही समय स्थगितजस्तै रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिने उनको विश्वास थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य शशी लुमुम्बूसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । चीनका तर्फबाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

ad
ad