१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार १९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युनियनको प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १९:१३:oo

नेपाल प्रेस युनियनको प्रतिनिधिमण्डल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा साउन ६ र ७ गते हुने राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफलका लागि युनियनको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो। 

युनियनका कार्यबाहक महासचिव भीष्मराज ओझाका अनुसार प्रधानमन्त्रीलाई भेटेर युनियनको निर्वाचनको तयारीबारे जानकारी गराइएको छ। साथै, हेटौँडामा हुने उद्‍घाटनमा प्रधानमन्त्रीलाई निमन्त्रणासमेत दिइएको छ।

‘भेटमा युनियनको निर्वाचनबारे तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराइयो । साउन ६ मा हेटौँडामा हुने उद्‍घाटनमा प्रधानमन्त्रीलाई निमन्त्रणा दिइएको छ,’ उनले नयाँ पत्रिकासँग भने ।

महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको युनियनले जनाएको छ। भेटमा कांग्रेस प्रवक्ता प्रकाशसरण महत, युनियनका अध्यक्ष बद्री सिग्देल, कार्यबाहक महासचिव ओझा, कोषाध्यक्ष सरोज अधिकारीलगायत सहभागी भएका थिए।