मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १८ शनिबार
  • Friday, 11 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १८ शनिबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मल आपूर्ति गर्न सरकारले कुनै प्रबन्ध गरेको छैन : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १६:४o:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को रोस्ट्रममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मीठो कुरा गरेको, तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताए । 

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने दाबी समेत गरे । ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसद्मा उभिएर भन्नुभयो– किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन् । वाणी मीठो थियो । कुरा राम्रो थियो’, उनले भने, ‘तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’