१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १७ शुक्रबार १९:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेप्से परिसूचक ८.८७ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १७ शुक्रबार १९:१५:००

नेप्से सूचक शुक्रबार ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा झरेको छ। बिहीबार उच्च अंकले बढेको नेप्से शुक्रबार सामान्य अंकले गिरावट भएको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२ अंकले घटेको छ। नेप्सेमा कारोबारमा आएका २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँबराबरको कारोबार भएको छ। 

नेप्सेका १३ उपसमूहमा १० परिसूचक गिरावट हुँदा ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसमूहको सूचक सकारात्मक देखिएका छन्। बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ।