१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२४:oo

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । ‘रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ,’ उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।’

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुरखण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।     
 

ad
ad