१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ असार १२ आइतबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पोखरीमा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार o७:४९:oo

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यू भएको हो । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरुका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा विहान ती बालकहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बिहोस् भएका बालकहरुको उद्दार गरी जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले बताए ।

उदयको जन्मदिनको अवसर पारेर उदय सहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए ।  सन्देश भने सकुशल रहेका छन् । पौडी खेल्न पोखरी छिरेका साथीहरु बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए ।

घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनीहरुको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । बालकहरुको लास पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । 

ad
ad
ad
ad