१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

कोशीका मुख्यमन्त्रीविरुद्धको रिट खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १७:३३:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्धको रिट खारेज भएको छ। मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति खारेज गर्न निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गरेको माग अस्वीकार गर्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो।

सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले मंगलबार रिट खारेजीको आदेश गरेको हो।

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

सोहीअनुरूप एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ५२ सांसदको समर्थनसहित दाबी पेस गरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदरको माग गर्दै केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो।

सरकारलाई समर्थन गर्ने दल वा सांसदले दिएको समर्थन फिर्ता लिएको अवस्थामा समेत ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत लिएका थिएनन्।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरी नयाँ सरकार गठन भइसक्दासमेत केदार कार्कीले विश्वासको मत लिएको नदेखिएकाले रिट खारेजीको फैसला भएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार फैसलाको पूर्णपाठ तीन/चार दिनभित्रै आउनेछ।

ad
ad
ad
ad