१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
२o८१ असार ११ मंगलबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागलुङ नगरपालिकाको गान र लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १८:११:oo

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिले आफ्नो नगर गान र प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ। नगरपालिकाको १५औँ नगरसभाको अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले नगरको गान र लोगो सार्वजनिक गरेका हुन्।

नगरपालिकाले आफ्नोे गीतमा बागलुङ कालिका, कालिगण्डकी र झोलुंगे पुल, पञ्चकोट, बलेवा भैरवस्थानलगायतका धार्मिक सम्पदासहित वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक परम्परालाई जोडेको छ। नगर गानमा नगरक्षेत्रभित्रको खोलानाला, वन वातावरण, प्राकृतिक सौन्दर्य, पर्यटकीय क्षेत्रको चिनारी, बलेवाको फाँटसँगै यहाँको सभ्यता र संस्कारलाई समेटिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

भीष्ममणि पाण्डेको रचना, सूर्यबहादुर घतानेको संगीत तथा बबिना भट्टराईको स्वर रहेको नगर गानलाई भिडियो बनाएर थप प्रचारमा ल्याइने नगरप्रमुख श्रेष्ठको भनाइ छ।

नगरपालिकाले नगरसभामार्फत आफ्नै प्रतीक चिह्न अर्थात् लोगो पनि सार्वजनिक गरेको छ। लोगोमा बागलुङ नगरपालिकाको नाम, ऐतिहासिक, भौगोलिक, प्राकृतिक र सामाजिक पहिचान झल्कने क्षेत्रलाई लोगोमा समावेश गरिएको छ।

लोगोमा १४ वटै वडाको नक्सा, धार्मिक पर्यटकीय क्षेत्र झल्कने कालिका मन्दिर, नेपालको झन्डा र लालिगुँराससहित सबै एक छौँ भन्ने प्रतीकका निम्ति महिला र पुरुषको हातलाई समेटिएको नगर उपप्रमुख राजु खड्काले बताए। 
 

ad
ad
ad
ad