मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ११ शनिबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ असार ११ शनिबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनबारे नेपालको प्रतिक्रिया– शेरबहादुरजीको मिल्ने प्रस्ताव छ, प्रचण्डजी आत्मालोचनाका लागि तयार हुनुहुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ११ शनिबार १६:३६:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेरै जाने गरी छलफल अगाडि बढाइरहेकाले त्यसअनुसार निर्वाचनको तयारीमा लाग्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो निर्देशन दिएका हुन् ।

‘गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ। कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ, ती नदोहोरियोस् भन्नेमा सजग हुनुपर्छ, कहाँकहाँ आत्मालोचना गर्नुपर्ने हो, गरेर जान तयार हुनुपर्छ भन्नुभएको छ,’ बैठकलाई सम्बोधन गर्दै नेपालले भने ।

पार्टीको पोलिटब्युरो बैठकले गठबन्धनभित्र जति गुनासा, अपमान र धोका भए पनि अबको चुनावमा पनि यसको आवश्यकता रहेको निष्कर्ष निकालेको नेपालले बताए । ‘गठबन्धनको आवश्यकता अझै पनि छ । हिजोको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशको राय थियो, धेरै गुनासो भए पनि, कतिपयले हामीलाई धोका दिए पनि, कतिपयले अपमान गरे पनि हामीले पनि आफ्नो शक्ति परिचालित नगर्दा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौँ । तर, गर्वका साथ भन्नुपर्छ देशका ६ मध्ये एक महानगर र ११ उपमहानगरमध्ये एकमा हाम्रो पनि उपस्थिति छ,’ नेपालले भने, ‘झन्डै २८ प्रतिशत स्थानमा मात्र उम्मेदवारी दिएकोमा झन्डै ९ लाख बढी मत प्राप्त गरेका छौँ। सबै ठाउँमा दिएको भए १५/२० पाउँथ्यौँ, त्यसैले जनसमर्थनका हिसाबले आतिनुपर्ने स्थिति छैन । अझै मेहनतका साथ लाग्दा धेरै राम्रो परिणाम ल्याउन सकिन्छ ।’