१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १० शुक्रबार १२:३६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आजदेखि चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १२:३६:oo

नेपाली चलचित्र ‘घनचक्कर’ आज शुक्रबारदेखि प्रदर्शनीमा आएको छ। निर्माण सुरु भएको चार वर्षपछि आजदेखि चलचित्र देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन भएको हो।

सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका छन्।

सौगात मल्ल अभिनीत कबड्डी– ४ र दीपेन्द्र के खनाल निर्देशित चिसो मान्छे हलमा प्रदर्शनी भइरहँदा घनचक्करले धेरै सो भने पाउन सकेको छैन। 

चलचित्रलाई सुसन प्रजापतिले छायांकन गरेका छन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजी लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ।