१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार १८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालय सुधार्न अभियान नै सञ्चालन गरेका छौँ : कानुनमन्त्री बन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार १८:००:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भइरहेको बताएका छन् । बन्दीले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति नै गठन गरिएको स्पष्ट पारे । 
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको मन्त्री बन्दीले न्यायालय सुधारका लागि सरकारले अभियान नै सञ्चालन गरिएको दाबी गरे । न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई हटाउन सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गरे । 
उनले भने, ‘विगत केही समयदेखि न्यायालयप्रतिको यति धेरै आस्था गिर्दै गएको छ । जुन अडियो सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दै छौँ । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ । त्यो घटनाबाहेकलाई हेर्ने हो पनि न्यायालयभित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्न अभियान नै सञ्चालन गरिएको छ । त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’