मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार ८ बुधबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिसस उदयपुर : एकीकृत समाजवादीका विश्वकर्मा र एमालेका कार्कीको प्रमुखमा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
२०७९ असार ८ बुधबार १३:११:००

जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्पर्धा  हुने भएको छ । आगामी असार ९ गते हुने जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा प्रतिस्पर्धा  हुने भएको हो ।

जिसस प्रमुखमा नेपाली कांग्रेस, नेकपा माओवादी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नेकपा एसका गौरबहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी एमालेबाट इन्द्रराज कार्कीले प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । 

यसैगरी उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका तेजप्रसाद गिरी र एमालेबाट हिमकुमारी विश्वकर्माले उम्मेवारी दिएकी छिन् । केन्द्रीय गठबन्धनअनुसार जिसस उदयपुरमा गठबन्धन गरिएको नेकपा एसका जिल्ला अध्यक्ष राममणि पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टी केन्द्रबाटै उदयपुर जिससको प्रमुख नेकपा एसलाई र  उपप्रमुख कांग्रेसलाई परेको हो ।’

गठबन्धनको तर्फबाट सदस्यमा कांग्रेसका भीमचन्द्र राई, विष्णु कटुवाल र मञ्जुकुमारी परियारले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट इन्द्रबहादुर थापा, गोमा कार्की, विन्दाकुमारी विश्वकर्मा र वेदकुमार राईले उम्मेदवारी दिएका छन् । यता एमालेबाट सदस्यमा गणेशबहादुर श्रेष्ठ, तेजबहादुर थापा, सर्वजित राई, अंगुरा परियार, नारायण राईले उम्मेदवारी दिएका छन् ।