Skip This
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ८ बुधबार
  • Tuesday, 16 September, 2025
६‍.१ म्याग्निच्युडको भूकम्पले ध्वस्त घर नियाल्दै अफगानी नागरिक । तस्बिर : एजेन्सी
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ८ बुधबार ११:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार ११:५८:oo

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएकाे छ । ६‍.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको अन्तरार्ष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । दर्जनौं  घाइते बनाएकाे साे भूकम्पकाे केन्द्र अफगानिस्तानकाे दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।

यसकाे धक्का अफगानिस्तानका अन्य सबै सहर तथा पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा समेत धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले रोयटर्सलाई उद्धृत गरेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार करिब ५१ किलोमिटर गहिराइमा रहेको ६‍.१ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । 

एक स्थानीय अधिकारीले सामाजिक सञ्जालमा मानिसहरूलाई स्ट्रेचर, भग्नावशेष र भत्किएका घरहरूको फोटा सार्वजनिक गरेका छन् । अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादमा भूकम्पको धक्का महसुस भएको प्रत्यक्षदर्शीले जानकारी दिएकाे बिबिसीले जनाएको छ ।