१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ७ मंगलबार २०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ७ मंगलबार २०:२३:००

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन जारी राखेका छन् । एमाले निकट अनेरास्ववियुले मंगलबार मसाल जुलुस निकालेको छ भने नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले समेत विरोध प्रदर्शन गरेको छ ।

एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार साँझ रत्नराज्य लक्ष्मी क्याम्पसअगाडि मसाल जुलुस प्रदर्शन गरेको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको छ । सो संगठनले सोमबारसमेत विरोध प्रदर्शन गरेको थियो । 

सत्तारुढ दल नेकपा एकीकृत (समाजवादी) निकट अनेरास्ववियुले समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मंगलबार प्रदर्शन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनतालाई संकट परेको वेला सरकारले साथ दिनुपर्नेमा अध्यधिक मूल्यवृद्धि र करले मारमा परेको बताए । सो संगठनले मंगलबार शंकरदेव क्याम्पसअगाडि मन्त्रीहरू जनार्दन शर्मा र दिलेन्द्र बडूको पुत्ला दहन गरेका छन् ।
 
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनतालाई प्रत्यक्ष असर परेको भन्दै विपक्षी राजनीतिक दल तथा सत्ता निकट विद्यार्थी संगठनका नेताहरूले समेत विरोध गरेका छन् ।