मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ७ मंगलबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब ग्यासमा दुईथरी मूल्य तोकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ७ मंगलबार ०६:५९:००

नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वमा टोली गठन भएको निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए ।

‘गुणस्तर विभागबाट प्रतिवेदन आएपछि हामी यही आवभित्र छुट्टाछुट्टै मूल्य निर्धारण गरेर लागू गर्छौँ,’ उनले भने । औद्योगिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको साइज र रङ नै फरक हुने उनले बताए । 

निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिसचिव गणेश पाण्डेले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट बक्यौता भुक्तानी नगरेसम्म तेल नपठाउने चेतावनी आएको बताए ।

पाण्डेका अनुसार आइओसीलाई निगमले २२ अर्बको ब्याज पनि तिर्नुपर्नेछ । बक्यौताको ब्याजदर साढे १२ प्रतिशत छ, असारका बाँकी दिनको समेत जोड्दा निगमले २५ अर्ब रुपैयाँ आइओसीलाई भुक्तानी गर्नुपर्ने अनुमान छ । मूल्यवृद्धि गर्दा बक्यौता नघटे पनि नथपिने निगमको विश्वास छ ।